Pages





Search This Blog

Tuesday, May 10, 2011

अमृत वाणी source: http://kiransubedi.blogspot.com/p/blog-page_20.html

 त्यही काम गर, जे गरेर पछुताउनु पर्दैन ।
 फलको आशा नराखी निरन्तर काम गर । जसले फलको आशा नराखी काम
गर्छ उसैले मोक्ष भेट्छ।
 काम गर्नलाई आँट, उत्साह र लगन चाहिन्छ, भीड चाहिँदैन ।
 काम थालेपछि बीचमा अलमल गर्नु हुँदैन ।
 निम्नकोटिका मान्छेहरु विघ्न पर्ला भन्ने डरले कार्यको आरम्भ र्नै गर्दैनन् ।
मध्यमकोटिका मान्छेहरु विघ्न परेपछि बीचमा रोकिन्छन् । उत्तमकोटिका
मान्छेहरु चाहिँ विघ्नहरुले बारम्बार दुःख दिईरहँदा पनि
आफुले थालेको काम कहिल्यै छाड्दैनन्।
 उही काम गर्न ठीक हुन्छ, जसलाई गरेर पछुताउनु पर्दैन र जसको फल
खुशी भएर भौगन सकिन्छ।
 प्रत्येक उत्तम काम शुरुमा प्रायः असम्भव देखिन्छ ।
 बुद्धिमान मान्छेले अपमान सहेर अनि घमण्डलाई त्यागेर आफ्नो काम बनाउँछ ।
 कर्म नगरी बस्ता हामी अँध्यारोमा हुन्छौं ।
 बूढाबूढीका आँखामा जीवनका सपना टाँस्सिएका हुन्छन् । जवानहरुका आँखामा
भने यौवनका चित्रहरु लुकेका हुन्छन् ।
 कुनै पनि काम त्यागविना सम्पन्न हुन सक्तैन ।
 तिम्रो जीवन लिनका लागि होइन, दिनका लागि हो ।
 सर्पले कुनै कुनै बेलामात्र डस्छ तर दुष्टले हरेक पाइलामा डसिरहन्छ ।
 दुष्टसँग आफ्नो भाग्य जोर्नु हुँदैन ।
 दुष्टसँग मैत्री भावना नबढाउनु, प्रेम पनि नगर्नू । कोयलालाई बलिरहेको बेला
छुँदा पोल्छ र चिसै छ भने पनि त्यसले हात कालो पारिदिन्छ ।
 दुष्ट उपकारबाट होइन, अपकारबाट नै शान्त हुन्छ ।
 गुरु ब्रह्रमा हुन्, गुरु विष्णु हुन्, गुरु महेश्वर हुन्, गुरु परब्रह्मा हुन् ।
 जीवन बाँचनका लागि मात्र होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्छ ।
 जीवनको एउटा क्षण करोड रुपैयाँले पनि किन्न पाइदैन ।
 जीवन एउटा विशिष्टताको अनुभूति हो ।
 पत्नी त्यही हो जो पवित्र र चतुर छे, पत्नी त्यही हो जो पतिब्रता छे,
पत्नी त्यही हो जसमाथि पतिको प्रेम छ अनि पत्नी नै त्यही हो
जो सत्य कुरा गर्छे ।
 तिमीले आÇनी पत्नीलाई प्रेम गर्छौ तर पनि तिमीले जानेजति
जम्मै कुरा उनलाई भन्ने नगर ।
 पतिको वंशमा रहने पत्नी हुनुपर्छ ।
 मान्छेका लागि त आमा ईश्वरकी पनि ईश्वर हुन् ।
 कुनै बेला कुपुत्रको पनि जन्म हुन सक्छ तर आमा कहिले पनि
कुआमा हुनै सक्तिनन्।
 आमाद्धारा पिटिएको बालक आमाकै पछि लागेर रुन्छ ।
 जस्तोसुकै हालतमा पनि आमालाई पाल्नुपर्छ ।
 जन्म दिने आमा र आफु जन्मेको ठाँउ स्वर्गभन्दा प्यारो हुन्छ ।
 आमाको माया, त्याग र स्नेहले सिंचित मानवसमाज हराभरा हुन्छ ।
 आमाले जस्तो बनाउँछिन्, मानिस त्यस्तै बन्छ ।
 यी पाँच आमाहरु हुन्, राजपत्नी, गुरुपत्नी, मित्रपत्नी, आÇनी
पत्नीकी आमा र आÇनै आमा ।
 सबै मायालाई आमाको मायाले जित्तो रहेछ ।
 संसारमा खाजेर, किनेर, बनाएर पनि पाउन दुर्लभ र कुनै पनि वस्तुमा
तुलना गर्न नमिल्ने अतुलनीय प्राणीको नाउँ नै आमा हो ।
 प्रेम भगवान्को सबैभन्दा ठूलो बरदान हो ।
 माया प्रितिको आधारमा गरिने विवाह नै वास्तवमा सच्चा विवाह हो।
 प्रेम विवाह नै सजिलो, सुन्दर र शान्त हुन्छ ।
 विवाहपश्चात् तिमीलाई आÇनी पत्नी नै संसारकी सबैभन्दा सुन्दरी,
योग्य एवं राम्री स्त्री लाग्नुपर्छ ।
 योग्यता गरीबको सम्पति हो ।
 दस जना अयोग्य सन्तानभन्दा एक जना योग्य सन्तानको महत्व हुन्छ ।
 ईष्र्या गर्ने मान्छेले मृत्युतुल्य दुःख भोग्नुपर्छ ।
 ईष्र्या गर्ने व्यक्ति कहिल्यै पनि सुखी हुँदैन।
 ईष्र्यालु मान्छे ईष्र्याको आगोले आफै जलिरहेको हुन्छ ।
 जुन कुलमा स्त्रीहरु दुःखित र शोकाकुल हुन्छन्, त्यो कुल चाडै नाश हुन्छ ।
 स्त्रीको चरीत्र र पुरुषको भाग्य देवताले पनि देख्तैन ।
 वीर नारीले रोएर बस्नु बिलकुल घृणाको कुरा हो ।
 पुरुषको भन्दा स्त्रीको आहार दुईगुणा, लाज चौगुना, साहस छगुना र
काम आठगुना हुन्छ ।
 पुरुषको दृष्टि बाहिर हुन्छ तर स्त्रीको दृष्टि भित्र लुकेको हुन्छ ।
 उत्तम पुरुष उही हो, जसले आÇनो नाउँ स्वयं कमाउँछ । मध्यम पुरुष
बाबुको नाउँबाट चिनिन चाहन्छ । नीच पुरुष मामाको नाउँबाट चिनिन
चाहन्छ तर जो पुरुष नीचभन्दा नीच छ ऊ ससुराको नाउँबाट चिनिन
चाहन्छ ।
 जो डरपोक छ, जोसँग पराक्रमको नाउँ छैन, उही व्यक्ति मात्र दैवको
भरोसा गर्छ ।
 आजको पुरुषार्थ भोलिको भाग्य बन्छ ।
 प्रत्येक मान्छे आÇनो भाग्यको आफै निर्माता हो ।
 भाग्यको गति जानी नसक्नुको हुन्छ ।
 भाग्यमा लेखिएको कुरा ईश्वरले पनि मेट्न सक्तैन ।
 अत्याचारीभन्दा अभागी कोही हुँदैन, किनभने विपत्तिमा उसका कोही
मित्र हुँदैनन् ।
 अत्याचार गर्ने मान्छेभन्दा सहने चाहिँ दोषी हुन् ।
 हामीले आÇनै पसिना र मिहिनेतको महत्वलाई राम्ररी बुझेर आÇनो घर
आफैले बनाउनुपर्छ ।
 नारी बस्ने ठाउँ नै घर हो । त्यसैले नारी नभएको घरलाई घर भनिदैन ।
 त्यसैलाई घर भनिन्छ, जहाँ प्रेम, सद्भावना र सत्कार भेटिन्छ ।
 जुनघरमा नारी हुन्नन् त्यो घर जंगलजस्तै हुन्छ ।
 कलम तरबार भन्दा बलियो हुन्छ ।
 सांसारिक प्राणीरुप पशुहरुलाई सबै तरहबाट संरक्षण दिने, रमाउने र
प्राणीमात्रको अधिपति भएको कारण
भगवान् शिवलाई पशुपति भनिएको छ ।
 सधँै तरबारको हार र कलमको जीत हुन्छ ।
 जसका घरबाट अतिथि निराश भएर फर्कन्छ, त्यसले त्यस घरका
धनीलाई पाप छोडेर आफू उसको पुण्य लिएर जान्छ ।
 जसका घरबाट अतिथि निराश भएर फर्कन्छ, त्यसले त्यस घरका
धनीलाई पाप छोडेर आफू उसको पुण्य लिएर जान्छ ।
 आएका अतिथिलाई स्वागत गर, जान लागेका अतिथिलाई विदा
गरिहाल ।
 काम नगर्ने मान्छेलाई ईश्वरले कहिल्यै सहायता गर्दैनन् ।
 ईश्वरका वंशमा सम्पूर्ण मनुष्य कठपुतलीजस्ता हुन्छन् ।
 असहायको सहाय ईश्वर हुन्छन् ।
 ईश्वरका सबै वरदान न्यायमा अडेका छन् ।
 ईश्वरले रचेका प्रकृतिले सबैसंग बराबरी व्यवहार गर्छन् ।
 यदि ईश्वरको कृपा छैन भने जतिसुकै प्रयत्न गरे पनि विफल भईन्छ ।
 सेवा गर्ने मानिस ईश्वरको सेवा गरेर मानवका साथ छि छी र दूरदूर गर्छ भने त्यो मानिस ईश्वरको सेवक
हुन सक्तैन ।
 मानिस ईश्वरप्रति आस्थावान् रहिरहनुपर्छ, किनभने ईश्वर जहिले पनि विश्वासिला हुन्छन् ।
 राम्रोसँग छाना नछाएको घरमा पानी चुहेझै ध्यान भएको चित्तमा राग, द्वेष र मोहरुपी पानी चुहिन्छ।
 तीन कुरामा ध्यान देऊ ः ईश्वरको , स्मरणमा, अरुको सम्मानमा र आÇनो दोष देख्नमा ।
 चरित्रहिन धनी पनि विपत्तिमा पर्न सक्छ ।
 चरीत्र एउटा यस्तो हीरा हो, जसले हरेक पत्थरलाई काट्न सक्छ ।
 हज्जार बर्षको कीर्ति एक दिनको चरीत्रमा निर्भर हुन्छ ।
 चरीत्रका अगाडी विद्वताको मूल्य थोरै हुन्छ ।
 असल चरीत्रलाई कहिल्यै नाघ्नु हुँदैन ।
 आफैद्वारा उपार्जित धन उत्तम हुन्छ, पिताद्वारा उपार्जित धन मध्यम र भाइको कमाइमा बाँच्नु, निस्कृष्ट
हुन्छ । तर स्वास्नीको कमाइमा बाँच्नु चाहिँ सबैभन्दा नीचता हो ।
 चाँडो जम्मा गरिएको धन चाडै घट्छ, अलिअलि गरेर विस्तारै जम्मा गरिएको धन क्रमशः बढ्दै जान्छ ।
 कुनै पनि मान्छेको इज्जत धनले नाप्नु हुँदैन ।
 त्यो मान्छेभन्दा गरबि कोही हुँदैन जोसँग केवल पैसा मात्र छ ।
 जो छिटै धनी हुन खोज्छ, ऊ कहिले शुद्धात्मा हुन सक्तैन ।
 अरुको धन चोर्नु, परस्त्रीसँग प्रेम गर्नु, मित्रलाई त्याग्नु यी तीनै नाशका कारण हुन् ।
 वास्तवमा त्यही मानिस धनी हो, जसले अरुलाई सहयोग गर्छ ।
 सबैभन्दा ठूलो कीर्ति प्रतिद्वन्दीद्वारा प्रशंसा गरिनु हो ।
 जसको कीर्ति छ, उही मात्र जीवित रहन्छ ।
 काम गर्नाले नै कीर्ति प्राप्त हुन्छ ।
 मान्छेलाई उसैको कीर्तिले बढाउँछ, चढाउँछ र माथिभन्दा माथि पु¥याउँछ ।
 शोकमा, आर्थिक संकटमा या प्राण जाने स्थितिमा पनि जसले आफ्नो बुद्धिबाट समाधानको उपाय खोज्न
संयम राख्छ, उसैलाई कष्ट हुँदैन ।
 पढेर भन्दा परेर जानिन्छ ।
 ठूला मान्छेका लागि जेल बनाउनूभन्दा बालकहरुका लागि स्कूल बनाउनु राम्रो कुरा हो।
 आनन्द कल्पनामा हुन्छ, वस्तुमा हुँदैन ।
 केवल आत्मज्ञानले नै हृदयमा थोरै आनन्द पैदा गर्छ ।
 भौतिक उन्नतिबाट मात्र मानिसलाई आनन्द हुन सक्तैन, यसका लागि आध्यात्मिक चेतना पनि
चाहिन्छ ।
 कला एउटा ईश्वरीय देन हो ।
 जे तिमीलाई गर्नु छ त्यो तरवारले होइन मुस्कानले गर ।
 जसरी अध्यारामा बालक जान डराउँछ, मृत्युदेखि मान्छे त्यसरी नै डराउँछ ।
 यदि काल आएको छैन भने सैकडौं वाण लाग्दा पनि प्राणी मर्दैन, तर यदि काल आएकै छ भने कुशको
टुप्पोले छुँदा पनि उसको मृत्यु हुन्छ ।
 यो शरीर पृथ्वी, जल, तेज, वायु तथा आकाशद्वारा बनिएको छ। मृत्यु हुँदा यी तत्व आ–आÇना योनीमा जान्छन्, त्यसैले कोही मर्दा रुनु व्यर्थ छ ।
 मृत्युको भय मरणभन्दा पनि भयंकर हुन्छ ।
 दरिद्रता र मरणमध्ये मरण नै राम्रो हो किनभने मरणको स्थिति थोरै समयको हुन्छ, तर दरिद्रताले बाँचुञ्जेल संकट पारिरहन्छ ।
 लडाइमा एकै पटक मरिन्छ, राजनीतिमा धेरै पल्ट मरिन्छ ।
 चाहे जसलाई होस्, उपदेश जानेर र बुझेर नै दिनुपर्छ ।
 यस संसारमा तीन थरीका मान्छेले सुनैसुनको फूल टिप्न सक्छन् । ती तीन थरीका मान्छेहरु हुन् एउटा शूरो, अर्को विद्वान र तेस्रोचाहिँ प्राप्त वस्तुको सदुपयोग गर्ने क्षमता भएको मान्छे।
 मानिसको जन्म सबै जन्ममध्ये उत्कृष्ट जन्म हो ।
 जन्मले होइन, कर्मले नै मनुष्यको श्रेणी छुटिन्छ ।
 भोलिको भरोसामा नबस । मान्छेको भोलि कसले जानेको हुन्छ ।
 आज होइन भोलि जस्तो कुरा अल्छीको गीत हो ।
 जातलाई होइन विचारलाई सम्मान गर ।
 जुन देशमा आÇनो सम्मान हुँदैन, जीविकाको साधन हुँदैन, कुनै नातागोता हुँदैनन् अनि कुनै प्रकारको विद्या पाइदैन त्यहाँ बस्नु हुँदैन ।
 एउटा असल मित्र सैकडौं नातेदार भन्दा राम्रो हुन्छ ।
 मित्रलाई भेट्ता आदर गर, पिठ्यूँपछि उसको प्रशंसा नगर तथा आवश्यक परेको बेला उसलाई सहयोग गर ।
 जीवनमा दूरदर्शी, विचारवान् र आत्मीय मित्रभन्दा ठूलो अरु केही हुँदैन ।
 जुन मित्रले दुःखद स्थितिमा साथ दिन्छ, उही नै सच्चा मित्र हो ।
 मित्रता राख्न त सजिलो छ, तर चिरकालसम्म जोगाइराख्नु कठिन छ ।
 विदेश जाँदा विद्या मित्र हुन्छ, घरमा स्वास्नी मित्र हुन्छिन्, रोगीको मित्र औषधी हुन्छ र मरेका मान्छेको मित्र धर्म हुन्छ ।
 जसरी गाईको बाच्छाले दूध सकिएपछि माउलाई छाडिदिन्छ, त्यसैगरी स्वार्थी मित्रले फाइदा भेट्न छाडेपछि मित्रता त्यागिदिन्छ ।
 सानोलाई कहिले उपेक्षा गर्नुृ हुँदैन ।
 गोरुको ठूलो शरीरलाई पनि सानो छडीले तह लाउँछ ।
 जो मान्छे आÇनो निन्दा सहन्छ, उसले चारैतिरबाट विजय पाउँछ ।
 सबैको निन्दा सुन, तर आÇनो फैसला गोप्य राख ।
 जसले अरुको निन्दा गर्छ, त्यसले आÇनो अवगुण प्रस्तुत गरिरहेको हुन्छ ।
 परनिन्दा नगर, परिनिन्दा नसुन । जहाँ परनिन्दा हुन्छ त्यहाँ पनि नबस ।
 तिमी हिउँ जस्तो कञ्चन र पवित्र होऊ, तिमीले निन्दादेखि डराउनुपर्दैन ।
 सांसारिक दुःखमा पहिलो दुःख गरीबी हो । त्यो भन्दा दुःखी त्यो हुन्छ, जसले कसैको ऋण तिर्नु छ, अनि यो दुःखीभन्दा बढी दुःखी सधै रोगी भइरहने मान्छे हो तर ती सबै भन्दा दुःखी चाहि ऊ हुन्छ, जसकी स्वास्नी दुष्ट छे ।
 दुःख नपाएको मान्छेले उन्नति गर्न सक्तैन ।
 स्नेह जति गोप्य हुन्छ र जति एकान्त हुन्छ, उति नै प्रवल हुन्छ ।
 काम, क्रोध र लोभमोह यी तीन नर्कका ढोका हुन् ।
 आगोले उसकै छेउछाउमात्रै डढाउँछ, तर क्रोधी मान्छेले सारा कुटुम्ब डढाएर खरानी पार्छ ।
 रीस उठेको बेला यो पनि सोच्नु यसबाट कस्तो परिणाम निस्कन्छ ।
 रीस उठेको बेला चुप लाग । जोसँग रीस उठेको छ उसैको छेउमा नबस ।
 जो निरोगी, धनी र विद्वान् छ यस संसारमा उही सुखी हुन्छ ।
 दरीद्र र मरणमध्ये दरिद्रता धेरै नराम्रो हो किनभने मरणमा थोरै कष्ट हुन्छ तर दरिद्रतामा भने अति नराम्रो कष्ट हुन्छ ।
 आशा समुद्र जस्तै हुन्छ, कहिल्यै भरिदैन ।
 जसलाई कुनै प्रकारको आशा छैन, उही सुखले सुत्छ ।
 आशा गरेको भन्दा बढी सफलता मिल्यो भने गौरवको अनुभव हुन्छ ।
 जसलाई कहिले आशा लाग्दैन, ऊ कहिले निराश पनि हुँदैन ।
 आशामा बाच्ने मान्छे भोकै मर्छ ।
 सास रहुन्जेल आस भइरहन्छ ।
 आशा कहिल्यै बूढो हुँदैन ।
 प्रकृति ईश्वरीय कला हो ।
 जो प्रकृतिदेखि प्रतिकूल हुन्छ ऊ इश्वरको पनि प्रतिकूल हुन्छ ।
 प्रकृतिलाई आÇनो शिक्षक बनाऊ ।
 प्रकृति कहिल्यै झूटो हुन्नन् ।
 प्रकृतिले धेरै थरीको भाषा बोल्छ ।
 रक्सी, चुरोटको लत छुट्न सक्छ, अझ गाँजा, चरेशको पनि लत छुट्न सक्छ तर चाकरीको लत बसिसकेपछि छुट्न अत्यन्तै कठिन हुन्छ ।
 सबै भन्दा बढी चाकरी र चापलुसी त्यही हो, जसले अर्को व्यक्तिलाई आÇनो प्रशंसाका बारेमा बोल्न दिन्छ र आफू त्यही बसेर मज्जा मानेर सुन्छ ।
 जसले राम्ररी बाँच्न जान्दछ, उही कलाकार हो ।
 कलाकार स्वयं संघर्ष गरेर राष्ट्रियता तथा सँस्कृतिका निम्ति अग्रसर हुन्छन् ।
 जो मिहिनेत नगरी खान्छ त्यो चोर हो ।
 ब्रह्मचर्य पालनद्वारा आत्मबल बढ्छ ।
 ब्रह्मचर्यद्वारा मनुष्यले दिव्यता प्राप्त गर्छ र मृत्युपछि पनि असल गति प्राप्त गर्छ ।
 ज्ञान पुस्तकमा रहदैन, हृदयमा रहन्छ ।
 ज्ञानमा जीवन र अमृत छ, अज्ञानमा मृत्यु र विष लुकेको हुन्छ ।
 ज्ञानी पुरुषलाई कसैले लोभ्याउन सक्तैन ।
 ज्ञान धनभन्दा उत्तम हुन्छ किनभने धनलाई रक्षा गर्नुपर्छ र ज्ञानले चाहिँ रक्षा गर्छ ।
 ज्ञानि मानिसको कर्तव्य शिक्षा दिनु हो र बुद्धिमान मानिसको कर्तव्य त्यसलाई सुन्नु हो ।
 हारको ढोका अहंकार हो ।
 सुख खोज्ने मान्छेले सधै सन्तोष मान्छुपर्छ ।
 सन्तोषबाट सर्वोत्तम सुखको प्राप्ती हुन्छ ।
 जो गरीब भइकन पनि सन्तोषी छ त्यही नै परम धनी हो ।
 घरनै अनुशासनको सबैभन्दा उत्तर पाठशाला हो ।
 कन्जुसले न त आÇनो धन खान्छ, न कुनै काममा खर्च गर्छ अनि न कसैलाई दान दिन्छ । उसको धन आखिरमा चोरले नै लगिदिन्छ ।
 कन्जुसले गाडेको धन त्यसबेला धर्तीबाट बाहिर निस्कन्छ, जब ऊ आफै धर्तीभित्र पुरिन्छ ।
 सत्यलाई दबाउन सकिएला तर नाश गर्न सकिदैन ।
 जोसँग सत्य छ, ऊ एक्लो भएता पनि बहुमतमा हुन्छ ।
 ईमानमा सत्य लुकेको हुन्छ, सत्यमा न्याय मुस्कुराउँछ ।
 पुरुषका लागि शीलन नै मृत्यु हो । जुन पुरुषको शील नष्ट हुन्छ, यस संसारमा उसको जीवन, धन र आफन्तको केही प्रयोजन हुँदैन ।
 भोकले व्याकुल भएको मान्छे निर्दयी हुन्छ ।
 नेपालीका छोराछोरी जाउन् जति टाढा देश उति गाढा ।
 जति सानो भएपनि आÇनो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही छैन ।
 संसारमा सबैभन्दा ठूलो अधिकार त्याग र सेवाबाट प्राप्त हुन्छ ।
 मर्यादालाई नाघेर कहिले पनि विश्वास गर्नु हुँदैन ।
 जसले एक पटक विश्वासघात गर्छ, उसँग विश्वास नगर ।
 यदि नदेखेको कुरामाथि विश्वास नगर्ने हो भने विश्वास भन्ने कुरा नै के का लागि ।
 सच्चा विश्वास जगत्मा खेर जाँदैन ।
 हातबाट समय निस्केर जाँदा केवल पश्चाताप नै हात लाग्छ ।
 म र समय सँगै हिड्यौ, वीचमा समयलाई मैले छोडे, समयले पनि मलाई पर्खेन ।
 उपकार कहिले व्यर्थ हुँदैन ।
 आÇना शिरमा गर्मी सहेर पनि रुखहरुले आÇना छाँयाबाट मान्छेलाई गर्मीहुनबाट जोगाई उपकार गर्छन।
 प्रतिभाशाली मान्छेका विरुद्धमा सबै मूर्ख मान्छे उचालिएका हुन्छन् ।
 शारीरिक कष्ट त्यति दुःखलाग्दो हुँदैन जति अपमानबाट दुःखित होइन्छ ।
 हृदय भरिए पछि मुख बोल्छ ।
 जिब्रोको जादू सबै जादूहरु भन्दा भयंकर हुन्छ ।
 जबसम्म बोली तिम्रो मुखबाट निस्कदैन, तबसम्म त्यो बोली तिम्रो अधिनमा रहन्छ तर जब त्यो मुखबाट निस्कन्छ अनि तिमी त्यसको अधिनमा हुन्छौं ।
 कुठाउँमा कुरा काटे आÇनै गर्धन काटिन्छ ।
 महान् व्यक्तिहरुले बोलीवचन दिइसकेपछि काम पूरा गरेरै छाड्छन् ।
 संगीतको संसार बेग्लै हुन्छ । त्यहाँ जो पौडन सक्छ त्यसैले मात्र यसबाट आनन्द लिन सक्छ वास्तवमा साँगीतिक संसार आÇनै आनन्दले बेरिएको हुन्छ ।
 संगीतले मानिसलाई शीलबान् बनाउँछ ।
 जुन व्यक्तिको हृदयमा संगीतको स्पन्दन हुँदैन ऊ चिन्तन र कर्मद्वारा कहिल्यै महान् बन्न सक्तैन ।
 घमण्डी हुनु, नराम्रो कुरा बोल्नु, जिद्दी गर्नु, अप्रिय कुरा भन्नु, अरुको भनाई नसुन्नु यी पाँच मूर्ख मनुष्यका लक्षण हुन् ।
 विद्वान् शत्रु पनि श्रेष्ठ हुन्छ, मूर्ख मित्र भए पनि हितकारी हुँदैन ।
 नपढीकन अभिमान गर्ने, दरिद्र भएर पनि ठूलोठूलो आकांक्षा राख्ने र कामकाज नगरी धन पाउने कामना राख्नेलाई मूर्ख भन्छन् ।
 दान दिएर मान्छे कहिल्यै गरीब हुँदैन ।
 सय हातबाट लेउ, हजार हातबाट देउ ।
 दानी मान्छेले नै अमरत्व र दीर्घायु प्राप्त गर्छ ।
 दानबाट धन घट्दैन बरु बढ्छ । अंगुर काटेपछि नै ज्यादा अंगूर फल्छ।
 सम्पूर्ण धनहरुमा विद्याधन मूख्य हो ।
 विद्या तिम्रा बाबु हुन अनि कर्म तिम्री आमा हुन् । यी दुइटा कुरालाई तिमीले प्रिय मान्नुपर्छ ।
 आमा जस्तै सुख दिने के हो ? उत्तम विद्या ।
 गरीबको सम्पति नै विद्या हो ।
 कुरुप मान्छेको सौन्दर्य विद्या हो ।
 ईश्वरले परिश्रमी मान्छेबाहेक कसैलाई सहायता गर्दैनन् ।
 काम इच्छाबाट होइन परिश्रमबाट सिद्ध हुन्छ । सुतिरहेको सिंहको मुखमा मृग आफै पुग्दैन ।
 मान्छेको सबैभन्दा असल साथी उसैका दस आँैला हुन् ।
 परिश्रमी मान्छेका लागि यस जगत्मा केही बस्तु पनि अपर्याप्त छैन ।
 तिम्रो अमूल्य समयको एक–एक क्षण परिश्रममा लगाऊ त्यसैमा तिमीलाई आनन्द हुन्छ । त्यसो गर्दा केही क्षण पनि त्यस्तो समय बच्तैन जसबाट सोच्न र पछुताउनुपर्छ ।
 परिश्रम गर्न र प्रतिक्षा गर्न सिक ।
 लोभ पापको कारण हो ।
 मान्छे बूढो हुन सक्छ, तर लोभ कहिल्यै बूढो हुँदैन ।
 जन्मदेखि बूढेसकालसम्मको कुनै पनि अवस्थामा लोभलाई त्याग्नु बडो कठिन हुन्छ ।
 पापी मान्छे पृथ्वी र स्वर्ग दुवै ठाउँमा शोकाकुल हुन्छ ।
 कोहीकोही मान्छे पाप गरेर धन बटुल्छन् । त्यस धनको उपभोग घरका सबै व्यक्तिले गरेका हुन्छन् । तर पापको फल भने ऊ एक्लैले बेहोर्छ ।
 जसरी परोपकार गरेर पुण्य कमाइन्छ, त्यसरी नै अर्कालाई दुःख दिएर पाप बटुलिन्छ।
 आलस्य दरिद्रताको मुहान हो ।
 अल्छीकोे कुनै पनि इच्छा पुरा हुँदैन ।
 आलस्यले दरिद्रतालाई बोलाउँछ । अल्छी मान्छे कहिले धनवान हुँदैन ।
 मान्छेको शरीरमा रहेको सबैभन्दा ठूलो शत्रु आलस्य हो ।
 घृणा प्रेमबाट हट्छ तर घृणैबाट हट्दैन ।
 उही सच्चा साहरी हो, जो कहिल्यै निराश हुँदैन ।
 संकटका बेलामा साहसी हुँदा अति सफलता प्राप्त हुन्छ ।
 साहसिलो व्यक्ति विश्वासिलो पनि हुन्छ ।
 भाग्यले साहसीलाई मात्र साथ दिन्छ ।
 चित्त प्रसन्न भएपछि सबै दुःख नाश हुन्छन् । जसलाई प्रसन्नता प्राप्त हुन्छ उसको बुद्धि पनि निरन्तर स्थिर हुँदै जान्छ ।
 काममा व्यस्त भइरहने मान्छेको मनले धेरै प्रसन्नता पाउँछ।
 प्रसन्न भइरहने मान्छे धेरै बाँच्छ ।
 अहिंसा सबैभन्दा ठूलो धर्म हो ।
 जुन कुरा प्राप्त गर्नु छ त्यसलाई तरबारले होइन मुस्कानले प्राप्त गर ।
 कसैको हिंसा नगर्नु, सत्य बोल्नु, नचोर्नु, शुद्ध भएर बस्नु, इन्द्रियलाई वंशमा राख्नु सर्वसाधारणको धर्म हो।
 दया सबैभन्दा ठूलो धर्म हो ।
 लज्जा हराएपछि अनुशासन हराउँछ ।
 सुतेर निद्रालाई जित्ने प्रयत्न नगर । भोगद्धारा स्त्रीलाई वंशमा राख्ने प्रयास नगर । आगोलाई दाउरा थुपारेर जित्ने प्रयत्न नगर । अनि रक्सी धेरै खाएर दुव्र्यसनलाई नियन्त्रण गर्ने प्रयत्न पनि नगर ।
 जुन मान्छेले हिंसा गर्छ, नचाहिदो भाषण गर्छ, अर्काको धन जवर्जस्ती लुट्छ, परस्त्रीमा लाग्छ र मद्यपान गर्छ ऊ आफैले खनेका खाडलमा आफै पर्छ ।
 एक प्याला रक्सीले मनुष्यलाई बुद्धिहिन बनाउँछ, दोस्रो प्यालाले पागल बनाउँछ र तेस्रो प्यालाले बेहोश बनाउँछ ।
 तिम्रो भित्री मन शान्त भयो भने सारा संसार शान्त देखिन थाल्छ ।
 शान्तिको अतिरिक्त यस संसारमा अर्को कुनै आनन्द छैन ।
 क्रोधबाट सबै काम हुँदैनन् तर शान्तिबाट हुन्छन् ।
 आत्मविश्वासद्वारा मान्छेले आÇना कठिनाइलाई सरल बनाउँछ ।
 दुःख र हानी सहेपछि मान्छे अत्यन्तै नम्र र ज्ञानी हुन्छ ।
 वास्तविक महापुरुषको पहिलो चिनारी उसको नम्रता हो ।
 नम्रता र मीठो बचन मान्छेको आभुषण हो ।
 लगनबाट ज्ञान प्राप्त हुन्छ । लगनको अभावमा ज्ञान हराउँछ ।
 असफलताबाट नआत्ती नगातार प्रयत्न गर्ने व्यक्तिको काखमा सफलता आएर बस्छ ।
 आवश्यकताले नैतिकताको कुरा बुझ्दैन ।
 आवश्यकताले कुनै कानुन जान्दैन ।
 शत्रुलाई उपहार दिन योग्य वस्तु नै क्षमा हो ।
 धनी व्यक्तिहरुसँगको सम्बन्ध, बुद्धिजीविहरुसँगको मित्रता, आÇनै जातिसँगको मेल भएको मान्छेले कहिल्यै दुःख पाउँदैन ।
 दुष्ट मान्छे यदि विद्वानै छ भने पनि उसलाई छाडिदिनु । मणि भएको सर्प के भयंकर हुँदैन र ?
 उत्साह विना विवेकको गति सुस्ताउँछ र विवेकविना उत्साह उच्छृङखल हुन जान्छ ।
 तिम्रो माया पाएर नै बाँच्न सकेको छु । तिम्रो गीत गाएर नै हाँस्न सकेको छु ।
 जिन्दगी नै गीत मेरो जिन्दगी नै माया । चारै दिनको भए पनि पिरतीको छाँया ।
 संकीर्ण मन भएका मान्छेले यो मेरो हो, यो तेरो हो भन्छन् । उदार मन भएका मान्छेले त संसारलाई एउटै कुटुम्ब सम्झिन्छ ।
 परोपकारका लागि वृक्षहरुले फल दिन्छन् । परोपकारका लागि नदीहरुले बगेर पानी दिन्छन् । परोपकारका लागि गाईहरुले दूध दिन्छन् र परोपकारका लागि नै यो शरीर हो ।
 परोपकारी भावना नभएको मानवजीवनलाई धिक्कार छ । ऊ भन्दा पशु नै धन्य हुन्छ जसको छालाले त अर्को काम पनि बन्छ ।
 परोपकार सम्पति परोपकार धर्म हो, परोपकारमा लाग्नु, सबैको शुभकर्म हो ।
 कानले राम्रा र सारपूर्ण कुरा सुनेर नै शोभा पाउँछ, कुण्डल भिरेर मात्र होइन । हातले दान दिएर नै शोभा पाउँछ, चुरा लगाएर मात्र होइन । सज्जनहरुको शरीरले परोपकार गरेर नै शोभा पाउँछ, चन्दन लगाएर मात्र होइन ।
 मनलाई हर्ष र उल्लासमय बनाऊ । यसबाट हज्जारौं हानीबाट बचिन्छ र लामो उमेर पनि पाइन्छ ।
 स्वादिलो भोजन एक्लै नगर, एक्लो हुँदा गहिरिएर विचार नगर, एक्लै बाटोमा नहिँड र सबै मान्छे सुतिरहेको बेला एक्लै नउठ ।
 बुद्धिजीवीले आÇनो थोरै सम्पति पनि सकैलाई देखाउनु हुँदैन किनभने सम्पति देखेपछि महात्माहरुको मन पनि लोभले चञ्चल हुन्छ ।
 दिएर विर्स, लिएर कहिल्यै नबिर्स ।
 जुन व्यवहार वा कुराबाट आफुले दुःख पाइएको छ, त्यस्तो व्यवहार वा कुरा अरुसँग गर्नु हुँदैन ।
 हामीले जुन काम गर्दा मान्छेको हित हुँदैन अथवा जुन काम गर्दा आफैलाई लाज लागेर आउँछ त्यो काम कहिल्यै पनि गर्नु हुँदैन ।
 बुद्धिमान मान्छेले विवाह आफू समान व्यक्तिसँग मात्र गर्नुपर्छ ।
 अर्काको गोप्य कुरा जान्ने प्रयत्न नगर्नु ।
 तिमीलाई थाहा छ त्यो चीज उसलाई अत्यन्तै प्रिय छ अनि फेरी त्यही चीज तिमीले उससँग कुनै हालतमा नमाग्नू ।
 आज मात्र हामी तन्नेरी रहन्छौं, तर बूढो हुने समय सधैँ पाउँछौं ।
 यौवन, जीवन, मन, धन, शरीर र प्रभुत्व यी छ चीज चञ्चल हुन् । मानौं यी वस्तुहरु कहिल्यै स्थिर रहदैनन् ।
 दण्डको उद्देश्य अपराध निवारणका लागि नै हुनुपर्छ ।
 अन्याय गर्नेका लागि दण्ड न्याय हो ।
 वेश्यासँग लागिरहने व्यक्तिको एक दिन नाश हुन्छ ।
 तीर्थमध्ये सबैभन्दा ठूलो तीर्थ विशुद्ध हृदय हो । पवित्र चीजहरुमध्ये अत्यन्तै पवित्र चीज पनि विशुद्ध हृदय नै हो ।
 तिम्रो उदेश्यलाई नबिर्स । नत्र तिमीले जे भेट्छौं, त्यसैमा सन्तुष्ट हुन्छौं ।
 वास्तविक जीवन उसैको हो, जो कुनै उदेश्यका लागि बाँचेको हुन्छ ।
 आफुले खाई नखाई अरुको सेवा गर्ने समाजसेवा सबैभन्दा महान् हुन्छ, यो ज्यादै ठूलो यज्ञ र कठिन व्रत हो ।
 समाजसेवीले अर्काको भलो गर्दा आÇनो कुभलो भए पनि पर्बाह गर्नु हुँदैन । वास्तवमा अर्काको भलो गर्नेको कुभलो हुनै सक्तैन ।
 सेवा गर्ने मुटु सधै सगरमाथा हुन्छ । कर्णाली र कोशी भई स्वार्थलाई थुन्छ ।
 समाजसेवामा दृढ इच्छा भएको व्यक्ति धनको दरिद्र भए पनि उसले सेवा गर्न सक्छ । सेवा धनबाट भन्दा पनि मनबाट गरिने कार्य हो ।
 भर् जन्म घाँसतिर मन् दिई धन् कमायो, नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो यो भानुभक्त धनि भैकन आज यस्तो ।
 तृष्णाले बाठो मान्छेलाई पनि अन्धो बनाउँछ ।
 तृष्णाको भूँडी भर्न कठिन हुन्छ ।
 बृद्धावस्था भएपछि मान्छेको केस जीर्ण हुन्छ, दाँत जीर्ण हुन्छ, आँखा र कान पनि जीर्ण हुन्छ तर एउटा तृष्णा मात्रै जीर्ण हुँदैन ।
 झुटो बाचा गर्नुभन्दा विनम्रपूर्वक इन्कार गर्नु राम्रो हो ।
 सच्चा हृदय भएका व्यक्तिले बाचा पूरा गर्न कहिल्यै आÇनो दृष्टि घुमाउँदैन ।
 तिमी ठीक बाटोमा छौ कि छैनौ त्यो विचार गर । यदि ठीक बाटोमा छौ भने अघाडि बढ ।
 बेठीक मान्छेहरुको नाइके हुनुभन्दा एउटा ठीक मान्छेको कारिन्दा हुनु राम्रो हो ।
 यदि तिमी आÇनो भूल छोप्न ढोका थुन्छौ भने तिम्रा सारा अपराध कोठाभित्रै थुनिन्छन्।
 अध्ययन आकाशमा चम्केको सूर्य जस्तै उज्यालो हुन्छ ।
 जसरी सधै खाइरहँदा मान्छे हृष्टपुष्ट हुन्छ, त्यसरी नै निरन्तर अध्ययन गर्नाले मानिस ज्ञानी हुन्छ ।
 कुवाको पानी नसुकुन्जेलसम्म पानीको मूल्य थाहा हुँदैन ।
 जन्मनु मात्र मानवले सार्थक नठानोस् । उसले जन्मेको ठाउँको ऋण पनि चुकाओस्।
 प्रकृति खालि एक प्रतिफलको नाउँ मात्र हो, जसको कारण ईश्वर हुन् ।
 संसारमा आधाभन्दा बढी मान्छे दुःखै दुःखले बेरिएका छन् ।
 संसारमा आउनु सजिलो छ, तर यहाँबाट निस्केर जानु गाहारो छ ।
 उही महान् हो जसको हृदयमा सर्वदा दया फुटिरहन्छ ।
 महान् मान्छेहरु मरेर पनि बाँचेकै हुन्छन् ।
 यदि तिमीलाई फूलले सजिएको सिंहासनमा बस्ने इच्छा छ भने त्यहाँसम्म पुग्ने बाटामा जति काँडाहरु छन् ती सबैलाई टेक्दै जाऊ । अनि तिमीले विजय प्राप्त गर्छौ।
 सधैँ अरुको भनाइअनुसार मात्र नहिड, आÇनो निर्णयलाई गुरु मान, अरुको बाटोमा हिड्ने मान्छेले कहिल्यै विजय प्राप्त गर्न सक्तैन ।
 कष्टविना विजय प्राप्त हुँदैन ।
 बूढो भएपछि लठ्ठी र स्वास्नीको ठूलो भर महशुस हुन्छ ।
 आफूलाई जन्म दिने आमा र आफु जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ ।
 धर्म यस्तो चिज हो कि मृत्यु पश्चात यही मात्र साथमा जान्छ ।
 नचोर्नु, असत्य नबोल्नु, अनाथ असहाय माथि दया–माया गर्नु, परोपकार गर्नु अतिथिको सेवा गर्नु, मातापिताको र गुरुको सभक्ति आदर गर्नु, देशको रक्षार्थ समर्पित रहनु भनेर धर्मले बारम्बार हामीलाई निर्देशित गरेको हुन्छ ।
 जीवनमा मुख्य तीनवटा शान्ति भए सबै शान्ति हुन्छ । वास्तु शान्ति, ग्रह शान्ति र मन शान्ति ।
 सबै भन्दा ठूलो आशीर्वाद नै मातापिताको आशीर्वाद हो ।
 बुद्धिमान मान्छेले अपमान सहेर अनि घमण्डलाई त्यागेर आÇनो काम बनाऊँछ ।

Thursday, January 14, 2010

Laugh&Laugh

श्रीमान : आज मेरो कोटको गोजिबाट एक सयको नोट हरायो ।

श्रीमती : तपाईको सयको नोटको चिन्ता छ मेरो सुनको औँठि हरायो ।

श्रीमान : चिन्ता नगर त्यो औँठी मैले कोटको गोजिमा भेटेको छु, जहाँबाट सयको नोट हराएको थियो ।

Thursday, December 24, 2009

मित्रहरुमा नया बर्ष 2012 को हार्दिक शुभकामना।
यो बर्ष नेपाली ब्लग जगतको समय सुखमय रहोस,
हरेक ब्लग तथा ब्लगरलाइ सफलता मिलोस।




हिजो पीडामात्र बोल्थ्यो, आज खोज्छ अधिकार ।
आख्यान हैन साहित्यमा, काव्यको नै मतियार ।
रस स्वादन गराउँदै, राग भित्र डुवाउने,
भावनाको मुटु रेट्ने गजल नै हो हतियार ।

Wednesday, December 23, 2009

MY FRIEND




When you are sad
I will dry your tears.



When you are scared
I will comfort your fears.



When you are worried
I will give you hope.



When you are confused
I will help you cope.




And when you are lost
and can't see the light.



I shall be your beacon
shining ever so bright.





Why you may ask
because you're my friend.
MY FRIEND




When you are sad
I will dry your tears.



When you are scared
I will comfort your fears.



When you are worried
I will give you hope.



When you are confused
I will help you cope.




And when you are lost
and can't see the light.



I shall be your beacon
shining ever so bright.





Why you may ask
because you're my friend.

Monday, December 21, 2009

संदेश

साथीहरु नमस्कार तपाईहरु संग अरु राम्रा तस्विर भए मेरो ईमेलमा पठाईदिए सुनमा सुगन्धहुने थियो कहिलेकाही हेर्दै गर्नुहोला है अझ बढी तस्बिरहरु राख्ने छु। अहिलेलाई बाई बाई
साथीहरु नमस्कार तपाईहरु संग अरु राम्रा तस्विर भए मेरो ईमेलमा पठाईदिए सुनमा सुगन्धहुने थियो कहिलेकाही हेर्दै गर्नुहोला है अझ बढी तस्बिरहरु राख्ने छु। अहिलेलाई बाई बाई