त्यही काम गर, जे गरेर पछुताउनु पर्दैन ।
फलको आशा नराखी निरन्तर काम गर । जसले फलको आशा नराखी काम
गर्छ उसैले मोक्ष भेट्छ।
काम गर्नलाई आँट, उत्साह र लगन चाहिन्छ, भीड चाहिँदैन ।
काम थालेपछि बीचमा अलमल गर्नु हुँदैन ।
निम्नकोटिका मान्छेहरु विघ्न पर्ला भन्ने डरले कार्यको आरम्भ र्नै गर्दैनन् ।
मध्यमकोटिका मान्छेहरु विघ्न परेपछि बीचमा रोकिन्छन् । उत्तमकोटिका
मान्छेहरु चाहिँ विघ्नहरुले बारम्बार दुःख दिईरहँदा पनि
आफुले थालेको काम कहिल्यै छाड्दैनन्।
उही काम गर्न ठीक हुन्छ, जसलाई गरेर पछुताउनु पर्दैन र जसको फल
खुशी भएर भौगन सकिन्छ।
प्रत्येक उत्तम काम शुरुमा प्रायः असम्भव देखिन्छ ।
बुद्धिमान मान्छेले अपमान सहेर अनि घमण्डलाई त्यागेर आफ्नो काम बनाउँछ ।
कर्म नगरी बस्ता हामी अँध्यारोमा हुन्छौं ।
बूढाबूढीका आँखामा जीवनका सपना टाँस्सिएका हुन्छन् । जवानहरुका आँखामा
भने यौवनका चित्रहरु लुकेका हुन्छन् ।
कुनै पनि काम त्यागविना सम्पन्न हुन सक्तैन ।
तिम्रो जीवन लिनका लागि होइन, दिनका लागि हो ।
सर्पले कुनै कुनै बेलामात्र डस्छ तर दुष्टले हरेक पाइलामा डसिरहन्छ ।
दुष्टसँग आफ्नो भाग्य जोर्नु हुँदैन ।
दुष्टसँग मैत्री भावना नबढाउनु, प्रेम पनि नगर्नू । कोयलालाई बलिरहेको बेला
छुँदा पोल्छ र चिसै छ भने पनि त्यसले हात कालो पारिदिन्छ ।
दुष्ट उपकारबाट होइन, अपकारबाट नै शान्त हुन्छ ।
गुरु ब्रह्रमा हुन्, गुरु विष्णु हुन्, गुरु महेश्वर हुन्, गुरु परब्रह्मा हुन् ।
जीवन बाँचनका लागि मात्र होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्छ ।
जीवनको एउटा क्षण करोड रुपैयाँले पनि किन्न पाइदैन ।
जीवन एउटा विशिष्टताको अनुभूति हो ।
पत्नी त्यही हो जो पवित्र र चतुर छे, पत्नी त्यही हो जो पतिब्रता छे,
पत्नी त्यही हो जसमाथि पतिको प्रेम छ अनि पत्नी नै त्यही हो
जो सत्य कुरा गर्छे ।
तिमीले आÇनी पत्नीलाई प्रेम गर्छौ तर पनि तिमीले जानेजति
जम्मै कुरा उनलाई भन्ने नगर ।
पतिको वंशमा रहने पत्नी हुनुपर्छ ।
मान्छेका लागि त आमा ईश्वरकी पनि ईश्वर हुन् ।
कुनै बेला कुपुत्रको पनि जन्म हुन सक्छ तर आमा कहिले पनि
कुआमा हुनै सक्तिनन्।
आमाद्धारा पिटिएको बालक आमाकै पछि लागेर रुन्छ ।
जस्तोसुकै हालतमा पनि आमालाई पाल्नुपर्छ ।
जन्म दिने आमा र आफु जन्मेको ठाँउ स्वर्गभन्दा प्यारो हुन्छ ।
आमाको माया, त्याग र स्नेहले सिंचित मानवसमाज हराभरा हुन्छ ।
आमाले जस्तो बनाउँछिन्, मानिस त्यस्तै बन्छ ।
यी पाँच आमाहरु हुन्, राजपत्नी, गुरुपत्नी, मित्रपत्नी, आÇनी
पत्नीकी आमा र आÇनै आमा ।
सबै मायालाई आमाको मायाले जित्तो रहेछ ।
संसारमा खाजेर, किनेर, बनाएर पनि पाउन दुर्लभ र कुनै पनि वस्तुमा
तुलना गर्न नमिल्ने अतुलनीय प्राणीको नाउँ नै आमा हो ।
प्रेम भगवान्को सबैभन्दा ठूलो बरदान हो ।
माया प्रितिको आधारमा गरिने विवाह नै वास्तवमा सच्चा विवाह हो।
प्रेम विवाह नै सजिलो, सुन्दर र शान्त हुन्छ ।
विवाहपश्चात् तिमीलाई आÇनी पत्नी नै संसारकी सबैभन्दा सुन्दरी,
योग्य एवं राम्री स्त्री लाग्नुपर्छ ।
योग्यता गरीबको सम्पति हो ।
दस जना अयोग्य सन्तानभन्दा एक जना योग्य सन्तानको महत्व हुन्छ ।
ईष्र्या गर्ने मान्छेले मृत्युतुल्य दुःख भोग्नुपर्छ ।
ईष्र्या गर्ने व्यक्ति कहिल्यै पनि सुखी हुँदैन।
ईष्र्यालु मान्छे ईष्र्याको आगोले आफै जलिरहेको हुन्छ ।
जुन कुलमा स्त्रीहरु दुःखित र शोकाकुल हुन्छन्, त्यो कुल चाडै नाश हुन्छ ।
स्त्रीको चरीत्र र पुरुषको भाग्य देवताले पनि देख्तैन ।
वीर नारीले रोएर बस्नु बिलकुल घृणाको कुरा हो ।
पुरुषको भन्दा स्त्रीको आहार दुईगुणा, लाज चौगुना, साहस छगुना र
काम आठगुना हुन्छ ।
पुरुषको दृष्टि बाहिर हुन्छ तर स्त्रीको दृष्टि भित्र लुकेको हुन्छ ।
उत्तम पुरुष उही हो, जसले आÇनो नाउँ स्वयं कमाउँछ । मध्यम पुरुष
बाबुको नाउँबाट चिनिन चाहन्छ । नीच पुरुष मामाको नाउँबाट चिनिन
चाहन्छ तर जो पुरुष नीचभन्दा नीच छ ऊ ससुराको नाउँबाट चिनिन
चाहन्छ ।
जो डरपोक छ, जोसँग पराक्रमको नाउँ छैन, उही व्यक्ति मात्र दैवको
भरोसा गर्छ ।
आजको पुरुषार्थ भोलिको भाग्य बन्छ ।
प्रत्येक मान्छे आÇनो भाग्यको आफै निर्माता हो ।
भाग्यको गति जानी नसक्नुको हुन्छ ।
भाग्यमा लेखिएको कुरा ईश्वरले पनि मेट्न सक्तैन ।
अत्याचारीभन्दा अभागी कोही हुँदैन, किनभने विपत्तिमा उसका कोही
मित्र हुँदैनन् ।
अत्याचार गर्ने मान्छेभन्दा सहने चाहिँ दोषी हुन् ।
हामीले आÇनै पसिना र मिहिनेतको महत्वलाई राम्ररी बुझेर आÇनो घर
आफैले बनाउनुपर्छ ।
नारी बस्ने ठाउँ नै घर हो । त्यसैले नारी नभएको घरलाई घर भनिदैन ।
त्यसैलाई घर भनिन्छ, जहाँ प्रेम, सद्भावना र सत्कार भेटिन्छ ।
जुनघरमा नारी हुन्नन् त्यो घर जंगलजस्तै हुन्छ ।
कलम तरबार भन्दा बलियो हुन्छ ।
सांसारिक प्राणीरुप पशुहरुलाई सबै तरहबाट संरक्षण दिने, रमाउने र
प्राणीमात्रको अधिपति भएको कारण
भगवान् शिवलाई पशुपति भनिएको छ ।
सधँै तरबारको हार र कलमको जीत हुन्छ ।
जसका घरबाट अतिथि निराश भएर फर्कन्छ, त्यसले त्यस घरका
धनीलाई पाप छोडेर आफू उसको पुण्य लिएर जान्छ ।
जसका घरबाट अतिथि निराश भएर फर्कन्छ, त्यसले त्यस घरका
धनीलाई पाप छोडेर आफू उसको पुण्य लिएर जान्छ ।
आएका अतिथिलाई स्वागत गर, जान लागेका अतिथिलाई विदा
गरिहाल ।
काम नगर्ने मान्छेलाई ईश्वरले कहिल्यै सहायता गर्दैनन् ।
ईश्वरका वंशमा सम्पूर्ण मनुष्य कठपुतलीजस्ता हुन्छन् ।
असहायको सहाय ईश्वर हुन्छन् ।
ईश्वरका सबै वरदान न्यायमा अडेका छन् ।
ईश्वरले रचेका प्रकृतिले सबैसंग बराबरी व्यवहार गर्छन् ।
यदि ईश्वरको कृपा छैन भने जतिसुकै प्रयत्न गरे पनि विफल भईन्छ ।
सेवा गर्ने मानिस ईश्वरको सेवा गरेर मानवका साथ छि छी र दूरदूर गर्छ भने त्यो मानिस ईश्वरको सेवक
हुन सक्तैन ।
मानिस ईश्वरप्रति आस्थावान् रहिरहनुपर्छ, किनभने ईश्वर जहिले पनि विश्वासिला हुन्छन् ।
राम्रोसँग छाना नछाएको घरमा पानी चुहेझै ध्यान भएको चित्तमा राग, द्वेष र मोहरुपी पानी चुहिन्छ।
तीन कुरामा ध्यान देऊ ः ईश्वरको , स्मरणमा, अरुको सम्मानमा र आÇनो दोष देख्नमा ।
चरित्रहिन धनी पनि विपत्तिमा पर्न सक्छ ।
चरीत्र एउटा यस्तो हीरा हो, जसले हरेक पत्थरलाई काट्न सक्छ ।
हज्जार बर्षको कीर्ति एक दिनको चरीत्रमा निर्भर हुन्छ ।
चरीत्रका अगाडी विद्वताको मूल्य थोरै हुन्छ ।
असल चरीत्रलाई कहिल्यै नाघ्नु हुँदैन ।
आफैद्वारा उपार्जित धन उत्तम हुन्छ, पिताद्वारा उपार्जित धन मध्यम र भाइको कमाइमा बाँच्नु, निस्कृष्ट
हुन्छ । तर स्वास्नीको कमाइमा बाँच्नु चाहिँ सबैभन्दा नीचता हो ।
चाँडो जम्मा गरिएको धन चाडै घट्छ, अलिअलि गरेर विस्तारै जम्मा गरिएको धन क्रमशः बढ्दै जान्छ ।
कुनै पनि मान्छेको इज्जत धनले नाप्नु हुँदैन ।
त्यो मान्छेभन्दा गरबि कोही हुँदैन जोसँग केवल पैसा मात्र छ ।
जो छिटै धनी हुन खोज्छ, ऊ कहिले शुद्धात्मा हुन सक्तैन ।
अरुको धन चोर्नु, परस्त्रीसँग प्रेम गर्नु, मित्रलाई त्याग्नु यी तीनै नाशका कारण हुन् ।
वास्तवमा त्यही मानिस धनी हो, जसले अरुलाई सहयोग गर्छ ।
सबैभन्दा ठूलो कीर्ति प्रतिद्वन्दीद्वारा प्रशंसा गरिनु हो ।
जसको कीर्ति छ, उही मात्र जीवित रहन्छ ।
काम गर्नाले नै कीर्ति प्राप्त हुन्छ ।
मान्छेलाई उसैको कीर्तिले बढाउँछ, चढाउँछ र माथिभन्दा माथि पु¥याउँछ ।
शोकमा, आर्थिक संकटमा या प्राण जाने स्थितिमा पनि जसले आफ्नो बुद्धिबाट समाधानको उपाय खोज्न
संयम राख्छ, उसैलाई कष्ट हुँदैन ।
पढेर भन्दा परेर जानिन्छ ।
ठूला मान्छेका लागि जेल बनाउनूभन्दा बालकहरुका लागि स्कूल बनाउनु राम्रो कुरा हो।
आनन्द कल्पनामा हुन्छ, वस्तुमा हुँदैन ।
केवल आत्मज्ञानले नै हृदयमा थोरै आनन्द पैदा गर्छ ।
भौतिक उन्नतिबाट मात्र मानिसलाई आनन्द हुन सक्तैन, यसका लागि आध्यात्मिक चेतना पनि
चाहिन्छ ।
कला एउटा ईश्वरीय देन हो ।
जे तिमीलाई गर्नु छ त्यो तरवारले होइन मुस्कानले गर ।
जसरी अध्यारामा बालक जान डराउँछ, मृत्युदेखि मान्छे त्यसरी नै डराउँछ ।
यदि काल आएको छैन भने सैकडौं वाण लाग्दा पनि प्राणी मर्दैन, तर यदि काल आएकै छ भने कुशको
टुप्पोले छुँदा पनि उसको मृत्यु हुन्छ ।
यो शरीर पृथ्वी, जल, तेज, वायु तथा आकाशद्वारा बनिएको छ। मृत्यु हुँदा यी तत्व आ–आÇना योनीमा जान्छन्, त्यसैले कोही मर्दा रुनु व्यर्थ छ ।
मृत्युको भय मरणभन्दा पनि भयंकर हुन्छ ।
दरिद्रता र मरणमध्ये मरण नै राम्रो हो किनभने मरणको स्थिति थोरै समयको हुन्छ, तर दरिद्रताले बाँचुञ्जेल संकट पारिरहन्छ ।
लडाइमा एकै पटक मरिन्छ, राजनीतिमा धेरै पल्ट मरिन्छ ।
चाहे जसलाई होस्, उपदेश जानेर र बुझेर नै दिनुपर्छ ।
यस संसारमा तीन थरीका मान्छेले सुनैसुनको फूल टिप्न सक्छन् । ती तीन थरीका मान्छेहरु हुन् एउटा शूरो, अर्को विद्वान र तेस्रोचाहिँ प्राप्त वस्तुको सदुपयोग गर्ने क्षमता भएको मान्छे।
मानिसको जन्म सबै जन्ममध्ये उत्कृष्ट जन्म हो ।
जन्मले होइन, कर्मले नै मनुष्यको श्रेणी छुटिन्छ ।
भोलिको भरोसामा नबस । मान्छेको भोलि कसले जानेको हुन्छ ।
आज होइन भोलि जस्तो कुरा अल्छीको गीत हो ।
जातलाई होइन विचारलाई सम्मान गर ।
जुन देशमा आÇनो सम्मान हुँदैन, जीविकाको साधन हुँदैन, कुनै नातागोता हुँदैनन् अनि कुनै प्रकारको विद्या पाइदैन त्यहाँ बस्नु हुँदैन ।
एउटा असल मित्र सैकडौं नातेदार भन्दा राम्रो हुन्छ ।
मित्रलाई भेट्ता आदर गर, पिठ्यूँपछि उसको प्रशंसा नगर तथा आवश्यक परेको बेला उसलाई सहयोग गर ।
जीवनमा दूरदर्शी, विचारवान् र आत्मीय मित्रभन्दा ठूलो अरु केही हुँदैन ।
जुन मित्रले दुःखद स्थितिमा साथ दिन्छ, उही नै सच्चा मित्र हो ।
मित्रता राख्न त सजिलो छ, तर चिरकालसम्म जोगाइराख्नु कठिन छ ।
विदेश जाँदा विद्या मित्र हुन्छ, घरमा स्वास्नी मित्र हुन्छिन्, रोगीको मित्र औषधी हुन्छ र मरेका मान्छेको मित्र धर्म हुन्छ ।
जसरी गाईको बाच्छाले दूध सकिएपछि माउलाई छाडिदिन्छ, त्यसैगरी स्वार्थी मित्रले फाइदा भेट्न छाडेपछि मित्रता त्यागिदिन्छ ।
सानोलाई कहिले उपेक्षा गर्नुृ हुँदैन ।
गोरुको ठूलो शरीरलाई पनि सानो छडीले तह लाउँछ ।
जो मान्छे आÇनो निन्दा सहन्छ, उसले चारैतिरबाट विजय पाउँछ ।
सबैको निन्दा सुन, तर आÇनो फैसला गोप्य राख ।
जसले अरुको निन्दा गर्छ, त्यसले आÇनो अवगुण प्रस्तुत गरिरहेको हुन्छ ।
परनिन्दा नगर, परिनिन्दा नसुन । जहाँ परनिन्दा हुन्छ त्यहाँ पनि नबस ।
तिमी हिउँ जस्तो कञ्चन र पवित्र होऊ, तिमीले निन्दादेखि डराउनुपर्दैन ।
सांसारिक दुःखमा पहिलो दुःख गरीबी हो । त्यो भन्दा दुःखी त्यो हुन्छ, जसले कसैको ऋण तिर्नु छ, अनि यो दुःखीभन्दा बढी दुःखी सधै रोगी भइरहने मान्छे हो तर ती सबै भन्दा दुःखी चाहि ऊ हुन्छ, जसकी स्वास्नी दुष्ट छे ।
दुःख नपाएको मान्छेले उन्नति गर्न सक्तैन ।
स्नेह जति गोप्य हुन्छ र जति एकान्त हुन्छ, उति नै प्रवल हुन्छ ।
काम, क्रोध र लोभमोह यी तीन नर्कका ढोका हुन् ।
आगोले उसकै छेउछाउमात्रै डढाउँछ, तर क्रोधी मान्छेले सारा कुटुम्ब डढाएर खरानी पार्छ ।
रीस उठेको बेला यो पनि सोच्नु यसबाट कस्तो परिणाम निस्कन्छ ।
रीस उठेको बेला चुप लाग । जोसँग रीस उठेको छ उसैको छेउमा नबस ।
जो निरोगी, धनी र विद्वान् छ यस संसारमा उही सुखी हुन्छ ।
दरीद्र र मरणमध्ये दरिद्रता धेरै नराम्रो हो किनभने मरणमा थोरै कष्ट हुन्छ तर दरिद्रतामा भने अति नराम्रो कष्ट हुन्छ ।
आशा समुद्र जस्तै हुन्छ, कहिल्यै भरिदैन ।
जसलाई कुनै प्रकारको आशा छैन, उही सुखले सुत्छ ।
आशा गरेको भन्दा बढी सफलता मिल्यो भने गौरवको अनुभव हुन्छ ।
जसलाई कहिले आशा लाग्दैन, ऊ कहिले निराश पनि हुँदैन ।
आशामा बाच्ने मान्छे भोकै मर्छ ।
सास रहुन्जेल आस भइरहन्छ ।
आशा कहिल्यै बूढो हुँदैन ।
प्रकृति ईश्वरीय कला हो ।
जो प्रकृतिदेखि प्रतिकूल हुन्छ ऊ इश्वरको पनि प्रतिकूल हुन्छ ।
प्रकृतिलाई आÇनो शिक्षक बनाऊ ।
प्रकृति कहिल्यै झूटो हुन्नन् ।
प्रकृतिले धेरै थरीको भाषा बोल्छ ।
रक्सी, चुरोटको लत छुट्न सक्छ, अझ गाँजा, चरेशको पनि लत छुट्न सक्छ तर चाकरीको लत बसिसकेपछि छुट्न अत्यन्तै कठिन हुन्छ ।
सबै भन्दा बढी चाकरी र चापलुसी त्यही हो, जसले अर्को व्यक्तिलाई आÇनो प्रशंसाका बारेमा बोल्न दिन्छ र आफू त्यही बसेर मज्जा मानेर सुन्छ ।
जसले राम्ररी बाँच्न जान्दछ, उही कलाकार हो ।
कलाकार स्वयं संघर्ष गरेर राष्ट्रियता तथा सँस्कृतिका निम्ति अग्रसर हुन्छन् ।
जो मिहिनेत नगरी खान्छ त्यो चोर हो ।
ब्रह्मचर्य पालनद्वारा आत्मबल बढ्छ ।
ब्रह्मचर्यद्वारा मनुष्यले दिव्यता प्राप्त गर्छ र मृत्युपछि पनि असल गति प्राप्त गर्छ ।
ज्ञान पुस्तकमा रहदैन, हृदयमा रहन्छ ।
ज्ञानमा जीवन र अमृत छ, अज्ञानमा मृत्यु र विष लुकेको हुन्छ ।
ज्ञानी पुरुषलाई कसैले लोभ्याउन सक्तैन ।
ज्ञान धनभन्दा उत्तम हुन्छ किनभने धनलाई रक्षा गर्नुपर्छ र ज्ञानले चाहिँ रक्षा गर्छ ।
ज्ञानि मानिसको कर्तव्य शिक्षा दिनु हो र बुद्धिमान मानिसको कर्तव्य त्यसलाई सुन्नु हो ।
हारको ढोका अहंकार हो ।
सुख खोज्ने मान्छेले सधै सन्तोष मान्छुपर्छ ।
सन्तोषबाट सर्वोत्तम सुखको प्राप्ती हुन्छ ।
जो गरीब भइकन पनि सन्तोषी छ त्यही नै परम धनी हो ।
घरनै अनुशासनको सबैभन्दा उत्तर पाठशाला हो ।
कन्जुसले न त आÇनो धन खान्छ, न कुनै काममा खर्च गर्छ अनि न कसैलाई दान दिन्छ । उसको धन आखिरमा चोरले नै लगिदिन्छ ।
कन्जुसले गाडेको धन त्यसबेला धर्तीबाट बाहिर निस्कन्छ, जब ऊ आफै धर्तीभित्र पुरिन्छ ।
सत्यलाई दबाउन सकिएला तर नाश गर्न सकिदैन ।
जोसँग सत्य छ, ऊ एक्लो भएता पनि बहुमतमा हुन्छ ।
ईमानमा सत्य लुकेको हुन्छ, सत्यमा न्याय मुस्कुराउँछ ।
पुरुषका लागि शीलन नै मृत्यु हो । जुन पुरुषको शील नष्ट हुन्छ, यस संसारमा उसको जीवन, धन र आफन्तको केही प्रयोजन हुँदैन ।
भोकले व्याकुल भएको मान्छे निर्दयी हुन्छ ।
नेपालीका छोराछोरी जाउन् जति टाढा देश उति गाढा ।
जति सानो भएपनि आÇनो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही छैन ।
संसारमा सबैभन्दा ठूलो अधिकार त्याग र सेवाबाट प्राप्त हुन्छ ।
मर्यादालाई नाघेर कहिले पनि विश्वास गर्नु हुँदैन ।
जसले एक पटक विश्वासघात गर्छ, उसँग विश्वास नगर ।
यदि नदेखेको कुरामाथि विश्वास नगर्ने हो भने विश्वास भन्ने कुरा नै के का लागि ।
सच्चा विश्वास जगत्मा खेर जाँदैन ।
हातबाट समय निस्केर जाँदा केवल पश्चाताप नै हात लाग्छ ।
म र समय सँगै हिड्यौ, वीचमा समयलाई मैले छोडे, समयले पनि मलाई पर्खेन ।
उपकार कहिले व्यर्थ हुँदैन ।
आÇना शिरमा गर्मी सहेर पनि रुखहरुले आÇना छाँयाबाट मान्छेलाई गर्मीहुनबाट जोगाई उपकार गर्छन।
प्रतिभाशाली मान्छेका विरुद्धमा सबै मूर्ख मान्छे उचालिएका हुन्छन् ।
शारीरिक कष्ट त्यति दुःखलाग्दो हुँदैन जति अपमानबाट दुःखित होइन्छ ।
हृदय भरिए पछि मुख बोल्छ ।
जिब्रोको जादू सबै जादूहरु भन्दा भयंकर हुन्छ ।
जबसम्म बोली तिम्रो मुखबाट निस्कदैन, तबसम्म त्यो बोली तिम्रो अधिनमा रहन्छ तर जब त्यो मुखबाट निस्कन्छ अनि तिमी त्यसको अधिनमा हुन्छौं ।
कुठाउँमा कुरा काटे आÇनै गर्धन काटिन्छ ।
महान् व्यक्तिहरुले बोलीवचन दिइसकेपछि काम पूरा गरेरै छाड्छन् ।
संगीतको संसार बेग्लै हुन्छ । त्यहाँ जो पौडन सक्छ त्यसैले मात्र यसबाट आनन्द लिन सक्छ वास्तवमा साँगीतिक संसार आÇनै आनन्दले बेरिएको हुन्छ ।
संगीतले मानिसलाई शीलबान् बनाउँछ ।
जुन व्यक्तिको हृदयमा संगीतको स्पन्दन हुँदैन ऊ चिन्तन र कर्मद्वारा कहिल्यै महान् बन्न सक्तैन ।
घमण्डी हुनु, नराम्रो कुरा बोल्नु, जिद्दी गर्नु, अप्रिय कुरा भन्नु, अरुको भनाई नसुन्नु यी पाँच मूर्ख मनुष्यका लक्षण हुन् ।
विद्वान् शत्रु पनि श्रेष्ठ हुन्छ, मूर्ख मित्र भए पनि हितकारी हुँदैन ।
नपढीकन अभिमान गर्ने, दरिद्र भएर पनि ठूलोठूलो आकांक्षा राख्ने र कामकाज नगरी धन पाउने कामना राख्नेलाई मूर्ख भन्छन् ।
दान दिएर मान्छे कहिल्यै गरीब हुँदैन ।
सय हातबाट लेउ, हजार हातबाट देउ ।
दानी मान्छेले नै अमरत्व र दीर्घायु प्राप्त गर्छ ।
दानबाट धन घट्दैन बरु बढ्छ । अंगुर काटेपछि नै ज्यादा अंगूर फल्छ।
सम्पूर्ण धनहरुमा विद्याधन मूख्य हो ।
विद्या तिम्रा बाबु हुन अनि कर्म तिम्री आमा हुन् । यी दुइटा कुरालाई तिमीले प्रिय मान्नुपर्छ ।
आमा जस्तै सुख दिने के हो ? उत्तम विद्या ।
गरीबको सम्पति नै विद्या हो ।
कुरुप मान्छेको सौन्दर्य विद्या हो ।
ईश्वरले परिश्रमी मान्छेबाहेक कसैलाई सहायता गर्दैनन् ।
काम इच्छाबाट होइन परिश्रमबाट सिद्ध हुन्छ । सुतिरहेको सिंहको मुखमा मृग आफै पुग्दैन ।
मान्छेको सबैभन्दा असल साथी उसैका दस आँैला हुन् ।
परिश्रमी मान्छेका लागि यस जगत्मा केही बस्तु पनि अपर्याप्त छैन ।
तिम्रो अमूल्य समयको एक–एक क्षण परिश्रममा लगाऊ त्यसैमा तिमीलाई आनन्द हुन्छ । त्यसो गर्दा केही क्षण पनि त्यस्तो समय बच्तैन जसबाट सोच्न र पछुताउनुपर्छ ।
परिश्रम गर्न र प्रतिक्षा गर्न सिक ।
लोभ पापको कारण हो ।
मान्छे बूढो हुन सक्छ, तर लोभ कहिल्यै बूढो हुँदैन ।
जन्मदेखि बूढेसकालसम्मको कुनै पनि अवस्थामा लोभलाई त्याग्नु बडो कठिन हुन्छ ।
पापी मान्छे पृथ्वी र स्वर्ग दुवै ठाउँमा शोकाकुल हुन्छ ।
कोहीकोही मान्छे पाप गरेर धन बटुल्छन् । त्यस धनको उपभोग घरका सबै व्यक्तिले गरेका हुन्छन् । तर पापको फल भने ऊ एक्लैले बेहोर्छ ।
जसरी परोपकार गरेर पुण्य कमाइन्छ, त्यसरी नै अर्कालाई दुःख दिएर पाप बटुलिन्छ।
आलस्य दरिद्रताको मुहान हो ।
अल्छीकोे कुनै पनि इच्छा पुरा हुँदैन ।
आलस्यले दरिद्रतालाई बोलाउँछ । अल्छी मान्छे कहिले धनवान हुँदैन ।
मान्छेको शरीरमा रहेको सबैभन्दा ठूलो शत्रु आलस्य हो ।
घृणा प्रेमबाट हट्छ तर घृणैबाट हट्दैन ।
उही सच्चा साहरी हो, जो कहिल्यै निराश हुँदैन ।
संकटका बेलामा साहसी हुँदा अति सफलता प्राप्त हुन्छ ।
साहसिलो व्यक्ति विश्वासिलो पनि हुन्छ ।
भाग्यले साहसीलाई मात्र साथ दिन्छ ।
चित्त प्रसन्न भएपछि सबै दुःख नाश हुन्छन् । जसलाई प्रसन्नता प्राप्त हुन्छ उसको बुद्धि पनि निरन्तर स्थिर हुँदै जान्छ ।
काममा व्यस्त भइरहने मान्छेको मनले धेरै प्रसन्नता पाउँछ।
प्रसन्न भइरहने मान्छे धेरै बाँच्छ ।
अहिंसा सबैभन्दा ठूलो धर्म हो ।
जुन कुरा प्राप्त गर्नु छ त्यसलाई तरबारले होइन मुस्कानले प्राप्त गर ।
कसैको हिंसा नगर्नु, सत्य बोल्नु, नचोर्नु, शुद्ध भएर बस्नु, इन्द्रियलाई वंशमा राख्नु सर्वसाधारणको धर्म हो।
दया सबैभन्दा ठूलो धर्म हो ।
लज्जा हराएपछि अनुशासन हराउँछ ।
सुतेर निद्रालाई जित्ने प्रयत्न नगर । भोगद्धारा स्त्रीलाई वंशमा राख्ने प्रयास नगर । आगोलाई दाउरा थुपारेर जित्ने प्रयत्न नगर । अनि रक्सी धेरै खाएर दुव्र्यसनलाई नियन्त्रण गर्ने प्रयत्न पनि नगर ।
जुन मान्छेले हिंसा गर्छ, नचाहिदो भाषण गर्छ, अर्काको धन जवर्जस्ती लुट्छ, परस्त्रीमा लाग्छ र मद्यपान गर्छ ऊ आफैले खनेका खाडलमा आफै पर्छ ।
एक प्याला रक्सीले मनुष्यलाई बुद्धिहिन बनाउँछ, दोस्रो प्यालाले पागल बनाउँछ र तेस्रो प्यालाले बेहोश बनाउँछ ।
तिम्रो भित्री मन शान्त भयो भने सारा संसार शान्त देखिन थाल्छ ।
शान्तिको अतिरिक्त यस संसारमा अर्को कुनै आनन्द छैन ।
क्रोधबाट सबै काम हुँदैनन् तर शान्तिबाट हुन्छन् ।
आत्मविश्वासद्वारा मान्छेले आÇना कठिनाइलाई सरल बनाउँछ ।
दुःख र हानी सहेपछि मान्छे अत्यन्तै नम्र र ज्ञानी हुन्छ ।
वास्तविक महापुरुषको पहिलो चिनारी उसको नम्रता हो ।
नम्रता र मीठो बचन मान्छेको आभुषण हो ।
लगनबाट ज्ञान प्राप्त हुन्छ । लगनको अभावमा ज्ञान हराउँछ ।
असफलताबाट नआत्ती नगातार प्रयत्न गर्ने व्यक्तिको काखमा सफलता आएर बस्छ ।
आवश्यकताले नैतिकताको कुरा बुझ्दैन ।
आवश्यकताले कुनै कानुन जान्दैन ।
शत्रुलाई उपहार दिन योग्य वस्तु नै क्षमा हो ।
धनी व्यक्तिहरुसँगको सम्बन्ध, बुद्धिजीविहरुसँगको मित्रता, आÇनै जातिसँगको मेल भएको मान्छेले कहिल्यै दुःख पाउँदैन ।
दुष्ट मान्छे यदि विद्वानै छ भने पनि उसलाई छाडिदिनु । मणि भएको सर्प के भयंकर हुँदैन र ?
उत्साह विना विवेकको गति सुस्ताउँछ र विवेकविना उत्साह उच्छृङखल हुन जान्छ ।
तिम्रो माया पाएर नै बाँच्न सकेको छु । तिम्रो गीत गाएर नै हाँस्न सकेको छु ।
जिन्दगी नै गीत मेरो जिन्दगी नै माया । चारै दिनको भए पनि पिरतीको छाँया ।
संकीर्ण मन भएका मान्छेले यो मेरो हो, यो तेरो हो भन्छन् । उदार मन भएका मान्छेले त संसारलाई एउटै कुटुम्ब सम्झिन्छ ।
परोपकारका लागि वृक्षहरुले फल दिन्छन् । परोपकारका लागि नदीहरुले बगेर पानी दिन्छन् । परोपकारका लागि गाईहरुले दूध दिन्छन् र परोपकारका लागि नै यो शरीर हो ।
परोपकारी भावना नभएको मानवजीवनलाई धिक्कार छ । ऊ भन्दा पशु नै धन्य हुन्छ जसको छालाले त अर्को काम पनि बन्छ ।
परोपकार सम्पति परोपकार धर्म हो, परोपकारमा लाग्नु, सबैको शुभकर्म हो ।
कानले राम्रा र सारपूर्ण कुरा सुनेर नै शोभा पाउँछ, कुण्डल भिरेर मात्र होइन । हातले दान दिएर नै शोभा पाउँछ, चुरा लगाएर मात्र होइन । सज्जनहरुको शरीरले परोपकार गरेर नै शोभा पाउँछ, चन्दन लगाएर मात्र होइन ।
मनलाई हर्ष र उल्लासमय बनाऊ । यसबाट हज्जारौं हानीबाट बचिन्छ र लामो उमेर पनि पाइन्छ ।
स्वादिलो भोजन एक्लै नगर, एक्लो हुँदा गहिरिएर विचार नगर, एक्लै बाटोमा नहिँड र सबै मान्छे सुतिरहेको बेला एक्लै नउठ ।
बुद्धिजीवीले आÇनो थोरै सम्पति पनि सकैलाई देखाउनु हुँदैन किनभने सम्पति देखेपछि महात्माहरुको मन पनि लोभले चञ्चल हुन्छ ।
दिएर विर्स, लिएर कहिल्यै नबिर्स ।
जुन व्यवहार वा कुराबाट आफुले दुःख पाइएको छ, त्यस्तो व्यवहार वा कुरा अरुसँग गर्नु हुँदैन ।
हामीले जुन काम गर्दा मान्छेको हित हुँदैन अथवा जुन काम गर्दा आफैलाई लाज लागेर आउँछ त्यो काम कहिल्यै पनि गर्नु हुँदैन ।
बुद्धिमान मान्छेले विवाह आफू समान व्यक्तिसँग मात्र गर्नुपर्छ ।
अर्काको गोप्य कुरा जान्ने प्रयत्न नगर्नु ।
तिमीलाई थाहा छ त्यो चीज उसलाई अत्यन्तै प्रिय छ अनि फेरी त्यही चीज तिमीले उससँग कुनै हालतमा नमाग्नू ।
आज मात्र हामी तन्नेरी रहन्छौं, तर बूढो हुने समय सधैँ पाउँछौं ।
यौवन, जीवन, मन, धन, शरीर र प्रभुत्व यी छ चीज चञ्चल हुन् । मानौं यी वस्तुहरु कहिल्यै स्थिर रहदैनन् ।
दण्डको उद्देश्य अपराध निवारणका लागि नै हुनुपर्छ ।
अन्याय गर्नेका लागि दण्ड न्याय हो ।
वेश्यासँग लागिरहने व्यक्तिको एक दिन नाश हुन्छ ।
तीर्थमध्ये सबैभन्दा ठूलो तीर्थ विशुद्ध हृदय हो । पवित्र चीजहरुमध्ये अत्यन्तै पवित्र चीज पनि विशुद्ध हृदय नै हो ।
तिम्रो उदेश्यलाई नबिर्स । नत्र तिमीले जे भेट्छौं, त्यसैमा सन्तुष्ट हुन्छौं ।
वास्तविक जीवन उसैको हो, जो कुनै उदेश्यका लागि बाँचेको हुन्छ ।
आफुले खाई नखाई अरुको सेवा गर्ने समाजसेवा सबैभन्दा महान् हुन्छ, यो ज्यादै ठूलो यज्ञ र कठिन व्रत हो ।
समाजसेवीले अर्काको भलो गर्दा आÇनो कुभलो भए पनि पर्बाह गर्नु हुँदैन । वास्तवमा अर्काको भलो गर्नेको कुभलो हुनै सक्तैन ।
सेवा गर्ने मुटु सधै सगरमाथा हुन्छ । कर्णाली र कोशी भई स्वार्थलाई थुन्छ ।
समाजसेवामा दृढ इच्छा भएको व्यक्ति धनको दरिद्र भए पनि उसले सेवा गर्न सक्छ । सेवा धनबाट भन्दा पनि मनबाट गरिने कार्य हो ।
भर् जन्म घाँसतिर मन् दिई धन् कमायो, नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो यो भानुभक्त धनि भैकन आज यस्तो ।
तृष्णाले बाठो मान्छेलाई पनि अन्धो बनाउँछ ।
तृष्णाको भूँडी भर्न कठिन हुन्छ ।
बृद्धावस्था भएपछि मान्छेको केस जीर्ण हुन्छ, दाँत जीर्ण हुन्छ, आँखा र कान पनि जीर्ण हुन्छ तर एउटा तृष्णा मात्रै जीर्ण हुँदैन ।
झुटो बाचा गर्नुभन्दा विनम्रपूर्वक इन्कार गर्नु राम्रो हो ।
सच्चा हृदय भएका व्यक्तिले बाचा पूरा गर्न कहिल्यै आÇनो दृष्टि घुमाउँदैन ।
तिमी ठीक बाटोमा छौ कि छैनौ त्यो विचार गर । यदि ठीक बाटोमा छौ भने अघाडि बढ ।
बेठीक मान्छेहरुको नाइके हुनुभन्दा एउटा ठीक मान्छेको कारिन्दा हुनु राम्रो हो ।
यदि तिमी आÇनो भूल छोप्न ढोका थुन्छौ भने तिम्रा सारा अपराध कोठाभित्रै थुनिन्छन्।
अध्ययन आकाशमा चम्केको सूर्य जस्तै उज्यालो हुन्छ ।
जसरी सधै खाइरहँदा मान्छे हृष्टपुष्ट हुन्छ, त्यसरी नै निरन्तर अध्ययन गर्नाले मानिस ज्ञानी हुन्छ ।
कुवाको पानी नसुकुन्जेलसम्म पानीको मूल्य थाहा हुँदैन ।
जन्मनु मात्र मानवले सार्थक नठानोस् । उसले जन्मेको ठाउँको ऋण पनि चुकाओस्।
प्रकृति खालि एक प्रतिफलको नाउँ मात्र हो, जसको कारण ईश्वर हुन् ।
संसारमा आधाभन्दा बढी मान्छे दुःखै दुःखले बेरिएका छन् ।
संसारमा आउनु सजिलो छ, तर यहाँबाट निस्केर जानु गाहारो छ ।
उही महान् हो जसको हृदयमा सर्वदा दया फुटिरहन्छ ।
महान् मान्छेहरु मरेर पनि बाँचेकै हुन्छन् ।
यदि तिमीलाई फूलले सजिएको सिंहासनमा बस्ने इच्छा छ भने त्यहाँसम्म पुग्ने बाटामा जति काँडाहरु छन् ती सबैलाई टेक्दै जाऊ । अनि तिमीले विजय प्राप्त गर्छौ।
सधैँ अरुको भनाइअनुसार मात्र नहिड, आÇनो निर्णयलाई गुरु मान, अरुको बाटोमा हिड्ने मान्छेले कहिल्यै विजय प्राप्त गर्न सक्तैन ।
कष्टविना विजय प्राप्त हुँदैन ।
बूढो भएपछि लठ्ठी र स्वास्नीको ठूलो भर महशुस हुन्छ ।
आफूलाई जन्म दिने आमा र आफु जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ ।
धर्म यस्तो चिज हो कि मृत्यु पश्चात यही मात्र साथमा जान्छ ।
नचोर्नु, असत्य नबोल्नु, अनाथ असहाय माथि दया–माया गर्नु, परोपकार गर्नु अतिथिको सेवा गर्नु, मातापिताको र गुरुको सभक्ति आदर गर्नु, देशको रक्षार्थ समर्पित रहनु भनेर धर्मले बारम्बार हामीलाई निर्देशित गरेको हुन्छ ।
जीवनमा मुख्य तीनवटा शान्ति भए सबै शान्ति हुन्छ । वास्तु शान्ति, ग्रह शान्ति र मन शान्ति ।
सबै भन्दा ठूलो आशीर्वाद नै मातापिताको आशीर्वाद हो ।
बुद्धिमान मान्छेले अपमान सहेर अनि घमण्डलाई त्यागेर आÇनो काम बनाऊँछ ।
No comments:
Post a Comment